रास्वपामा आन्तरिक छलफल तीव्र, रविले बोलाए कोशी र मधेशका सांसद

८ जेठ, काठमाडौं

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गर्ने भएका छन् ।

उनले कोशी र मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग आज (शुक्रबार) छलफल गर्न लागेका हुन् ।

रास्वपा प्रवक्ता मनिष झाले कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि र मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १:३० बजेदेखि छलफल सुरू हुने जानकारी दिए । उनका अनुसार सभापति लामिछाने र सांसदहरूबीच छलफलको समय दुई घण्टा निर्धारण गरिएको छ ।

प्रवक्ता झाले बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल कार्यक्रम आयोजना हुने सूचनामा उल्लेख गरेका छन् ।

सूचनामा सांसदहरूसँगको छलफलको एजेन्डाबारे भने केही खुलाइएको छैन ।

‘सांसदज्यूहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा पार्टी सभापतिज्यू कोशी प्रदेश र मधेश प्रदेशका उपलब्ध सांसदज्यूहरूसँग छलफल गर्ने तालिका रहेको छ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation