ओलीको पक्षमा चार मात्रै, एमाले सचिवालयमा नेतृत्व परिवर्तनको बहस तीव्र

१० जेठ, काठमाडौं

नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा चलिरहेको छ । बैठकको तेस्रो दिन आजसम्म सचिवहरुसहित १८ जनाले आफ्नो धारणा राखेका छन् । तर,त्यसमध्ये चार जना मात्रै ओलीको पक्षमा खुलेका छन् । अधिकांश उपाध्यक्ष,महासचिव, उपमहासचिव र सचिवहरुले नेतृत्व परिवर्तनको पक्षमा आफूलाई उभ्याएका छन् ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत ओलीको पक्षमा बलियो रूपमा खडा भएका छन् । त्यस्तै, सचिव एवम् कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका यामलाल कँडेल र अर्का सचिव भानुभक्त ढकालले पनि ओलीको बचाउ गरेका छन् । कँडेल ओलीकै जोडबलमा कर्णालीको मुख्यमन्त्री बनेका हुन् ।

सचिव ढकाल ओलीनिकट मानिन्छन् । यसअघि पार्टीको जनसंगठन संयन्त्रका संयोजक उनलाई ओलीले संगठन विभागको जिम्मेवारी दिने प्रस्ताव गरेका छन् । यता, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिएका सचिव शेरधन राई र हिक्मतकुमार कार्कीले वर्तमान अवस्थामा पार्टी अघि बढ्न नसक्ने धारणा राखेका छन् ।

ओलीसँग सम्बन्ध चिसिएको चर्चाका बीच कार्कीबाट आएको प्रतिक्रियाले कोशी प्रदेशमा नेतृत्व फेरिन सक्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation