कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदमा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ। काँंगे्रससहित विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीको उपस्थिती नभएको भन्दै विरोध जनाउँदै आएका छन्। अवरोध र विरोधकैबीच संसदको कामकारबाही अगाडी बढिरहेको छ।

सरकारले भोलि आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दैछ। भोलि साँझ साढे ५ बजे बस्ने संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत हुने छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation