गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न सेनालाई निर्देशन

१५ जेठ, काठमाडौं

इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले सेनालाई गाजाको थप क्षेत्र कब्जा गर्न निर्देशन दिएका बताएका छन् ।

समाचार एजेन्सी रोटर्सका अनुसार नेतन्याहुले सुरूवातको लक्ष्य प्यालेस्टाइनको ७० प्रतिशत भूभागमा नियन्त्रण हासिल गर्नु रहेको बताएका छन् ।

इजरायलको यो कदमलाई अक्टोबर २०२५ मा हमाससँग भएको युद्धविराम सम्झौताविपरित मानिएको छ ।

गाजा समुद्र तटको किनारामा एक सानो क्षेत्रमा संकुचित भइसकेको छ । इजरायलले पहिले नै गाजा पट्टीको झण्डै ६४ प्रतिशत क्षेत्रमा आफ्नो प्रभाव जमाइसकेको अनुमान गरिएको छ ।

सन् २०२३ मा दक्षिणी इजरायलमाथि हमासको आक्रमणपछि सुरू भएको दुई वर्ष लामो इजरायली सैन्य अभियानमा सानो तटीय क्षेत्रको ठूलो भूभाग खण्डहरमा परिणत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation