रास्वपा सभापति लामिछाने आज भारत जाँदै

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने भएका छन्।

भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्ने रास्वपाले जनाएको छ।

पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ। उनले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्ने जनाइएको छ।

भ्रमणका अवसरमा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उनले भेटघाट गर्र्नुछन्। साथै अयोध्याको भ्रमणका समेत कार्यक्रम रहेको जनाइएको छ।

सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनेछन्।

रास्वपाका प्रवक्ता मनीष झाले जारी गर्नुभएको विज्ञप्ति अनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation