बालिका बलात्कार मुद्दाका फरार अभियुक्त सिन्धुलीबाट पक्राउ

१८ जेठ, काठमाडौं

बालिका बलात्कार कसुरमा रेड नोटिस जारी भएका व्यक्ति सिन्धुलीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का ५१ वर्षीय धनबहादुर बोगटी छन् । उनलाई कमलामाई–८ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनले ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । उनीविरुद्ध ६ पुस २०८२ मा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएको थियो ।

पक्राउ परेका बोगटीविरुद्ध बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation