विपक्षी दलको बैठक बस्दै

 

१८ जेठ, काठमाडौं

संसदमा प्रतिनिधित्व गर्ने  विपक्षी दलहरूको बैठक बस्दैछ।

आज मध्याह्न १२ बजे कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बस्न लागेको कांग्रेसका प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।

आजको बैठकमा हिजो  प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको विवादस्पद अभिव्यक्ति र सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउबिच प्रतिनिधि सभा नियमावली पारित गरेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा पेर गरेको आर्थिक वर्षको आय व्यय विवरण बजेटबारे छलफल गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation