
ललितपुरको गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत मानबहादुर खड्का चढ्ने सरकारी गाडी चोरीमा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने ललितपुर गोदावरी– १४, ठैबका ३३ वर्षीय श्यामभाइ परियार रहेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
परियारले गोदावरी–१२, दुरीखेलमा पार्किङ गरी राखिएको बा २ झ १८७८ नम्बरको सरकारी गाडी चोरी गरेका थिए। गत २० जेठमा पार्किङस्थलबाटै गाडी गायब भएपछि नगरपालिकाले घटना अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको थियो।
साता दिनपछि उक्त गाडी लुकाई राखिएको अवस्थामा प्रहरीले फेला परेको हो। घटना सम्बन्धमा अनुसन्धान भइरहेका ललितपुर परिसरका प्रवक्ता एसपी गौतम मिश्रले बताए।
















