२८ असार, काठमाडौं
बझाङको सुंगुरे इलाकामा भएको जीप दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
शनिबार भएको दुर्घटनामा गम्भीर घाइते भएका ३ महिला र २ पुरुष गरी ५ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको हो ।
सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज मेडिकल कलेज पुर्याइएको छ ।
यसरी उद्धार गरिएकामध्ये अझ गम्भीर २ जनाको सेनाकै हेलिकप्टरमा सुर्खेत ल्याइएको थियो ।
त्यहाँबाट स्काई ट्रकमार्फत उनीहरूलाई काठमाडौं ल्याइएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ । एक बिरामी बालिकाको भने सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भएको छ ।

















