स्वकीय सचिवको तलब र भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले

 

१ साउन, काठमाडौं

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि र फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले स्वकीय सचिवहरूको पारिश्रमिक लगायतका सुविधाका विषयमा सरकार उदार रहेको बताएका हुन् ।

फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्ता लगायतका सुविधाहरूलाई आवश्यक विधि र प्रक्रिया पुर्‍याएर समयानुकूल बनाउन सरकार नकारात्मक नरहेको उल्लेख गरे ।

‘अब यो हामी तलब वृद्धिको कुरा छ, हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उदार नै बनिरहेका छौं,’ उनले भने, ‘त्यस मानेमा यो जुन फिल्ड भिजिटहरुको हुँदाखेरिको भत्ता जस्ता कुराहरु छन् त्यसलाई विधि पुर्‍याएर समयानुकुल बनाउनमा हामी नकारात्मक छैनौं ।’

वाग्लेले नेपाल राष्ट्र बैंक ऐनमा प्रस्तावित संशोधनका विषयहरूलाई स्वस्थ र विधिसम्मत छलफलमार्फत टुंग्याउन सरकार तयार रहेको बताए ।

अर्थमन्त्री वाग्लले राष्ट्र बैंकको सञ्चालक समितिमा सदस्य संख्या कति राख्ने भन्ने विषयमा खुला छलफल गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation