प्रधान्यायधीसलाई महाअभियाेग लगाउँछाैँ

समसामयिक बिषयहरुमा अाफ्नाे धारणा ठट्यौली भाषामा स्पष्ट रुपमा सत्यता व्यक्त गर्ने राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ता नै महाभियोगका लागि पर्याप्त भएको बताएका छन् । सर्वोच्च बार एसाेसियसनको प्रांगणमा आयोजित  ‘न्यायापालिकाको सुधार : सम्भावना र चुनौती’ विषयक अन्तर्क्रियामा बोल्दै बिडारीले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले भने, ‘हस्पिटल कान्ड र बिरामी कान्ड नै पर्याप्त छ। नियुक्ति भएदेखि नै विवाद नै विवाद । मिडियामा दिएका अन्तर्वार्ता नै महाभियोगका लागि काफी छन्। बिदा पनि नलिने नक्कली बिरामी हुने नैतिक हराम प्रधानन्यायाधीशलाई कसरी कारबाही गर्ने ?’ महाभियोगका लागि सांसदहरूलाई पार्टीको ह्विप नलाग्ने उनको भनाइ थियो । 
 
 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation