सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, ८५ प्रतिशत जलन

 

२७ असार,काठमाडौं

सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ ।

शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । उनलाई शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पतालमा ल्याइएको थियो ।

मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिए । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ ।

‘अवस्था क्रिटिकल छ । आईसीयूमा उपचार हुँदैछ । हिजो साढे ७ बजे ल्याएको हो’, निर्देशक नकर्मीले भने, ‘८५ प्रतिशत जलेको छ । सबै गहिरो छ ।’

२५ वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।

बिहीबार मात्रै त्रिपुरेश्वरमा मुगेका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation