दाङका वडा सदस्यले दले शिक्षा अधिकृतमाथि कालोमोसो, भिडियो सार्वजनिक

२७ असार, दाङ

दाङको घोराही उपमहानगरपालिका–१५, का वडा सदस्य लेखनाथ बुढाथोकीले सोही उपमहानगरपालिकामा कार्यरत शिक्षा अधिकृत अजय बोहोरालाई कालोमोसो  दलेका छन् ।

सदस्य बुढाथोकीले अधिकृतलाई बाइकमा यात्रा गरिरहेको बेलामा  बाटोमै रोकेर टाउकोमा कालोमोसो खन्याएका हुन् ।सार्वजनिक भिडियोमा सदस्य बुढाथोकीले कालोमोसो टाउकोबाट खन्याएर  बोतलले समेत प्रहार गरेको देखिन्छ।

उक्त घटनाले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध तथा सार्वजनिक पदमा रहेका व्यक्तिको आचरणबारे समेत प्रश्न उठाएको छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation