स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

१२ साउन, काठमाडौं

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका २९ वर्षीय निमादोर्जी शेर्पा रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंले जनाएको छ ।

गएराति पौने १२ बजे स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । उनको नेपाल मेकिडल कलेज अत्तरखेलमा उपचारको क्रममा राति पौने १ बजे मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिए ।

यसैगरी ललितपुरको चापागाउँमा एक गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९ वटा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation