
पाल्पामा टिपर दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर तानसेन नगरपालिका–१२ गाइघाटमा गएराति सवा ९ बजे दुर्घटना भएको हो।
मृत्यु हुनेमा टिपरका सहचालक बागलुङको ढोरपाटन नगरपालिका १ खप्तरीवाङका २५ वर्षीय तेजेन्द्र कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए।
गम्भीर घाइते उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो।
चालक सोही ठाउँका २७ वर्षीय मिनबहादुर कुमार सामान्य घाइते भएका छन्।
ईट्टा बोकेको टिप्पर ओरालोमा आफै अनियन्त्रीत भई सडकमा पल्टिएको हो।
















